१२ श्रावण २०८१, शनिबार
Logo

अब आफैँ परिर्बतन हुने कि ?

काशिनाथ गौतम,
हामी लोकतान्त्रिक देशका नागरिक, हामीले ल्याएको लोकतन्त्र, हामी जनताद्धारा निवार्चित जनप्रतिनिधी, त्यहीँ जनप्रतीनिधी ले बनाएको संविधान, त्यही संविधान भित्र मौंलाउँदै गएको बेतिथी, कुशंस्कार, हत्याहिसां, बलत्कार । हामीले ल्याएको लोकतन्त्रले हामीलाई के दियो ? लोकतन्त्र पछि हाम्रो समाजमा के के परिर्बतन भए । लोकतन्त्र हामीले ल्यायौं कि लोकतन्त्रले हामीलाई यहाँ सम्म ल्यायो । हाम्रो संविधानले हामी जनता बाच्न पाउँने अधिकार सुनिश्चित गयौं गरेनौ ?


हामीले के कस्ता जन प्रतीनिधी जितायौं ? हामी नागरीक हौं कि कुनै पार्टीको कार्यकर्ता हौं ? हामी पहाडी, मधेशी, हिमाली हामी अखिर को हौं ? हाम्रो भेषमूषा के हो ? हाम्रो भाषा के हो ? हामी पहाडी, मधेशी, हिमाली भनी एक अर्का प्रति किन बिभेद गछौं, हामीले मान्ने धर्म कुन हो ? किन मौँलाउदै छ कुशंस्कार, किन बढ्दै छ अपराध र हिंसा, किन मानिस मानिसमा अबिश्वाश बढ्दो छ । किन हाम्रो सन्तान हिंस्रक बन्दैछन् ? कसरी उनिहरु अपराधको वातावरणमा हुर्कर्दै छन् ? हाम्रो समाज कुन बाटो जादैँ छ ।


यि याबत विषयमा कहिले केलाएनाँै हामीले हाम्रो परिवारका सदस्यहरुले कस्तो कृयाकलाप गरेका छन्, उनिहरुले कस्तो शिक्षा लिएका छन् , किन उनिहरु आफ्ना परिवार साथीभाईलाई नै हत्या बलत्कार जस्ता जघंन्य अपराध गर्न पछि पर्दैन् , उनिहरु के बाट पे्ररित हुदैंछन् यि विषयमा बुझनेबेला भएको छ । हामी यती सम्म भयौं की हामी हाम्रो घर आगन आफै फोहोर गरेर जनप्रतिनिधीले काम गरेन फोहोर उठाएन भन्न समेत पछि पर्दैनौ । हामीले आफ्नो घर अगाडी को खाल्टो पनि आफै पुर्न सक्दैनौं । हामी आफै फोहोर गरेर आफै सफा गर्न सक्दैनौं अनि हामी आफै अधिकारका कुरा गर्छौ । हामी नागरिकको जिम्मेवारी के हो ? हामीले समाजमा गर्नु पर्ने दाहित्य के हो ? हामीले के गरेमा हाम्रो समाज सुरक्षित अपराध हिंसा रहित बनाउन सकिन्छ यो विषयमा बुज््ने बेला भएको छ ।


विश्वको कुनै यस्तो देश छैन जहाँ सरकारले प्रत्येक नागरिकलाई सुरक्षा प्रदान गर्न सकेको । सरकारले चाहेर मात्र हुदैन जस्ले गर्दा सुरक्षा हामी हाम्रो घर, परिवार र समाजबाट हुनु जरुरी छ , हैन भने सरकारले जती सुकै सुरक्षाको प्रत्याभुत गरे पनि अपराध कहिलै न्यूनिकरण गर्न सकिदैन । हामी अपराध बढ्यो भनेर सामाजिक सञ्जालमा टिका टिप्पणी गर्छौ एकले अर्कालाई दोषारोपण गर्ने गर्छौ ता कि त्यस्लाई रोक्न कसरी सहयोग गर्न सकिन्छ भन्ने तिर कहिलै ध्यान दिदैनौं ।

Shivapuri rural municipality awareness message jalapanews


सभ्यता तपाई हाम्रो घर परिवार समाजबाट सुरु हुनु पर्छ तब मात्र देशमा शुशासन कायम गर्न सकिन्छ । “जसे कसरनी उस्तै भरनी” भने जस्तै काम अनुसार प्रतिफल पाईन्छ । जो भन्न लायक काम गर्दैन, उ मान्छे गन्न लायक हुदैन । हामी आफु मात्र बनेर होईन अरुलाई पनि बनाउन सक्नु पर्छ तब मात्र हाम्रो पहिचान राम्रो हुन्छ ।
हामीले हाम्रो काम नगरे पनि समयको गती रोकिदैँन । नत कुखुराको भाले नबास्दैमा बिहानी रोकिन्छ । समय निरन्र्तर अगाडी बढी रहेको हुन्छ । समय जस्तोसुकै होस हावाले आफ्नो गती लिएकै हुन्छ । त्यसैले हामी समय परिस्थीति अनुसार अगाडी बढ्न सक्नु पर्छ । हामी यदी निरिह स्वार्थी भयौं कि सबैथोक पैसा हो पैसा ले जस्तो सुकै अपराध छेक्न सक्छ । मान्छेले पैसा कमाउने हो तर हाम्रो समाजमा पैसाले मान्छे कमाई रहेको छ ।


जब हामीले पैसालाई ठुलो भनि दियौं तबबाट समाजमा विभिन्न किसिममा विकृती बिसंगती हत्या हिसां बढ्दै जान थालेका छन् । लोकतन्त्र पछि हाम्रो समाज सभ्यता , सुशस्कृत हुनु पर्ने थियो लोकतन्त्रले नागरिकलाई स्वतन्त्र संगै राजनीतिक आडमा अपराधीले सधै प्रसय पाइनै रहे । ठुला ठुला अपराध भष्ट्राचार पैसा र राजनीति आडमा सधै उन्मुक्ती पाई नै रहे । ति गरिब जनता सधैं न्याय पाउनबाट बन्चीत रहदै आए । हामी नागरिक ले खराब बिकृती बिरुद्ध कहिलै खबरदारी गरेनौं हामी सधैं राजनीतिक परिबर्तन भन्दै हिडिरयौं ।

हामीले राजनीतिक त परिवर्तन ग¥यौ तर त्यस भित्र भएका बिकृती बिसंगती परिवर्तन गरेनौं जस्ले गर्दा ठुला ठुला भष्ट्राचार हत्या हिंसा घट्नु को सट्टा बढिनै रहयो ।
पैसा र शक्तीको आडमा सानालाई एैंन ठुलालाई चयन भईनैं रहयो । पैसा र शक्ती हुनेहरु अड्डा अदालत पुलिस प्रशासन राजनीतिक नेता सबै किनीदिए जस्ले गर्दा अपराधिक कृयाकलाप सधै बढिनै रह्यो । जव सम्म यि यस्ता कृयाकलाप विरुद्ध समाज एकजुट हुदैन तब सम्म यो नियती हाम्रो समाजले भोगिनै रहनु पर्ने हुन्छ त्यसैले अब राजनीतिक परिवर्तन होईन आफु र समाज परिवर्तनमा लाग्ने हो की ?

प्रतिक्रिया दिनुहोस्