१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा एमाले लिखु र बेलकोटगढीको नेतृत्वमा महिला नेतृ चुनिए

नेकपा एमालेको बेलकोगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा निर्वाचित हुनु भएको छ । यसअघि संगठन कमिटीको सचिव रहनु भएका सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।


संगठनको उपाध्यक्षमा भोज प्रसाद पुडासैनी र पशुपति लोहनी चयन हुनु भएको छ ।
त्यस्तै सचिवमा अनन्तराम नेपाल , उपसचिवमा नारायण खनाल, बासुदेव गजुरेल, सरस्वती उप्रेती, जयन्ती तामाङ र गेहेन्द्रबहादुर न्यौपाने निर्वाचित भएका छन ।
१२ पालिका रहेको नुवाकोटमा १२ माध्ये ११ पालिकामा सम्पन्न भएको अधिवेशनमा लिखु र बेलकोटगढीको नेतृत्वमा महिला नेतृ चुनिएका छन । यसअघि लिखु गाउँकमिटीको अध्यक्षमा दुर्गा पुडासैनी चयन हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्