१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा बिनोद लामा सचिवमा टिका खरेल

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला भेलाले बिनोद लामाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समन्वय कमिटी चयन गरेको हो ।
कमिटीको बरिष्ट उपाध्यक्षमा बाशु पनेरु, महिला उपाध्यक्षमा देबकी पाण्डे, र खुल्ला उपाध्यक्षमा आईसिङ तामाङ, मधुसुदन पौडेल, कृष्ण प्रसाद प्याकुरेल,बिमला केसी चयन भएका छन् ।
त्यस्तै जिल्ला समन्वय कमिटीको सचिवमा टिका खरेल, अर्थ सचिवमा हेमचन्द्र लो, अर्थ सहसचिवमा केशब बास्कोटा र जनक मान प्रधान, सह सचिवमा बिरबल तामाङ, गोकर्ण गुरागाई, राकुमार श्रेष्ठ र जिवन बहादुर तामाङ सहित ४५ सदस्यीय कमिटी निर्बिरोध गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्