एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको जिल्ला भेला भोली हुने

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको जिल्ला संगठनको भेला भोली कार्तिक १३ गते हुने भएको छ ।
भोली हुने जिल्ला भेलाको प्रमुख आतिथ्यता पुर्वमन्त्री तथा संघिय सांसद हित बहादुर तामाङले गर्ने आयोजकले जनाएको छ ।
गत शनिबार बिदुरमा सम्पन्न भएको संगठनको बिस्तारित बैठकले भोली १३ गते भेला गर्ने निर्णय गरेको हो । जिल्लाको १२ वटै स्थानीय तहको भेला सकिए सगै जिल्ला भेला गर्न लागीएको जिल्ला अध्यक्ष दिपक ढुंगानाले बताउनु भयो ।
संगठनले नुवाकोटका १२ वटै स्थानीय तहमा संगठन सुदृढीकरणका लागी जिम्मेवारी प्रदान गरेको छ । तारकेश्वर गाउपालीकामा दुर्गा प्रसाद वस्ती, बिदुर नगरपालीकामा दिपक ढुंगाना, शिबपुरि गाउपालीकामा नवराज भन्डारी, सुर्यगढी गाउपालीकामा जीवन तामाङ, किस्पाङ गाउपालीकामा कुमार न्यौपाने, दुप्चेश्वर गाउपालीकामा वीर तामाङ, तादी गाउपालीकामा दिप कुमार श्रेष्ठ, बेलकोटगढी नगरपालीकामा किरण उजागर पुडासैनी, ककनी गाउपालीकामा सानुकान्छा तामाङ, लिखु गाउपालीकामा मधुसूदन पौडेल र पन्चकन्या गाउपालिका कमिटीमा श्याम बहादुर पण्डितको नेतृत्वमा पालिका स्तरिय कमिटी गठन गरिएको संगठनले जानकारी दिएको हो । ।
प्रतिक्रिया दिनुहोस्