नेकपा (एमाले) किस्पाङ गाउँ पालिका वडा नम्बर ४ को अध्यक्षमा होम बहादुर घले

नेकपा (एमाले) किस्पाङ गाउँ पालिका वडा नम्बर ४ को वडा अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले होम बहादुर घलेलाई अध्यक्षको जिम्मेवारि दिएको छ । कमिटीको उपाध्यक्षमा छन्दर तामाङ, सचिव हिल्ली राज तामाङ, उपसचिव बुद्धे तामाङ र उपसचिव डम्बर सिं तामाङले जिम्मेवारि पाएका छन् । अधिबेशनले सर्वसम्मत रुपमा ५० प्रतिशत महिला सदस्य सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको प्रमुख आतिथ्यतामा र माननीय आसामाया तामाङको विशेष आतिथ्यतामा किस्पाङको साल्मेमा सम्पन्न भएको अधिवेशनमा प्रदेश कमिटी सदस्यहरु विन्दा ढुङ्गाना, विजय सिं लोप्चन, मेन्चुङ तामाङ , किस्पाङ गाउँ कमिटीका अध्यक्ष विरबल तामाङ, विदुर नगर कमिटी सचिव अनुज कुमार श्रेष्ठ, युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियु नुवाकोटका नेता कुमार न्यौपाने , फैसल डिन लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्