केउरीनीका ९० घर परिवारलाई १५ लाख बराबरको उद्यमशिलताको लागी आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिदै

मानवीय र सामाजिक कार्य गर्दै आएको लायन्स क्लबस इन्टर नेशनल डिस्ट्रिक्ट ३२५ बि १ को आयोजनले नुवाकोट सहित १४ जिल्लामा आर्थिक बिकाशको क्षेत्रमा काम गर्न सुरु गरेको छ । लायन्स बर्ष २०२१ २२ मा यस डिस्ट्रिक्टले दिगो बिकाशको कार्यक्रलाई अगाडी बढाएको हो ।
क्लबले दिगो बिकाशको अबधारण अन्तर्गत ग्रामीण उद्यमशिलतालाई पहिचान गरि बिकाशको सुरुवात गरेको छ । लायन्सले चौध जिल्लाका ग्रामीण भेगका गाउँ छनौट गरि कार्य सूरु गरेको हो । जस अन्तर्गत नुवाकोटको बिदुर नगरपालीका वडा नं ८ को केउरीनी रहेको छ ।
नुवाकोटको बिदुर नगरपालीका वडा नं ८ मा रहेको केउरीनी गाउँलाई लायन्स उद्यमी नमुना गाउको रुपमा बिकाश गर्न लागिएको छ ।
केउरीनीका ९० घर परिवारलाई सामाजिक आर्थिक शैक्षीक तथा रोजगारको क्षेत्रमा दिगो रुपले शशक्त बनाउन ५ बर्षे योजनाको रुपमा लागिएको लायन्स श्रीकृष्ण रिजालले जानकारि दिनुभयो ।
आर्थिक सामाजिक तथा सास्कृतिक रुपले पछाडि परेको बिदुर ८ केउरीनिलाई ५ बर्ष भित्र आर्थिक उपार्जनको क्षेत्रमा शशक्त बनाउन समुदायकै माग बमोजिम उद्यमशिलताका लागी औजार उपकरण हस्तान्तरण गर्न लागिएको रिजालले बताउनु भयो । उहाँले क्लबले केउरीनीको ९० परिवारलाई मिनिटिलर, कपडा सिलाउने मेसिन, दुना टपरि गास्ने मेसिन, कुटानी पिसानीको लागी मिल, ब्याडको रागो,उन्नत जातका बाख्रा उत्पादनको लागी ब्याडको बोयर बोका , र पर्यटन प्रवद्र्धनको लागी होम स्टे संचालनको लागी आबशयक पर्ने सामान हस्तान्तरण गरिने बताउन् भयो ।

आइतबार पत्रकार सम्मेलन मार्फत केउरीनीलाई लायन्स नमुना गाउको रुपमा बिकाश गरि गाउमा ब्याबसायिक कृषी उत्पादन, साना उद्योग संचालन संचालन , पर्यटन ब्याबसायको सुरुवात तथा स्वरोजगार मुलक कामको लागी आबश्यक पर्ने सम्पुर्ण औजार तथा सिप बिकाशको लागी लायन्सले काम गर्ने लायन्स क्लब अफ काठमाडौ ग्लोबल टाउनका क्लस्टर चिफ अनुज कुमार श्रेष्ठले जानकारि दिनु भयो ।
आजै एक बिशेस कार्यक्रमको आयोजना गरि केउरीनीका ९० घर परिवारलाई १५ लाख बराबरको उद्यमशिलताको लागी आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिदै छ ।
प्रतिक्रिया दिनुहोस्