६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

एकीकृत अखिल नेपाल शिक्षक संगठनले बेलकोटगढी नगरपालिकालाई ६बुदे ज्ञापन पत्र बुझायो

एकीकृत अखिल नेपाल शिक्षक संगठन बेलकोटगढी नगर कमिटीले बेलकोटगढी नगरपालिकालाई शिक्षासंग सम्बन्धित समस्या समाधानको माग गर्दै ६ बुदे ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार बेलकोटगढी नगर कमिटीका अध्यक्ष किरण पुडासैनी “उजागर” को नेत्रृत्वमा ६ बुदे ज्ञापनपत्र बुझाइएको हो
बेलकोटगढी नगरपालिकाका उप प्रमृख कबिता ढुंगानालाइ बुझाइएको ज्ञापनपत्रमा बिद्यालयका कर्मचारिको तलवभत्ता बृद्धि, शिक्षक दरबन्दी मिलान गर्दा पेशागत संगठनहरुको सहभागिता हुनुपर्ने, निजि श्रोतका शिक्षकहरुलाइ स्वयंसेवक शिक्षकको रुपमा रुपान्तरण गर्नुपर्ने, बिद्यालय ब्यबस्थापन समिती गठन प्रक्रिया संघिय ऐन संग बाँझिएकोले सो ऐन खारेज गरिनु पर्र्ने तथा नगरपालीकाको कुल बजेटकोे २० प्रतिशत नघट्ने गरि शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने लगाएतका माग रहेका छन् ।


उक्त कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटका अध्यक्ष दिपक ढुंगाना, माओवादी केन्द्र नुवाकोट २ नम्बर क्षेत्रिय संयोजक राजकुमार रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्