७ कार्तिक २०७८, आईतबार
Logo
Hotel Yangra Nuwakot Trishuli

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनद्धारा बृद्ध आश्रमकाे लागि पानी शुद्धिकरण मेसिन हस्तान्तरण

काठमाडौं, लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले काठमाडौ माहानगरपालीका १६को सोह्रखुट्टेमा रहेको बृद्ध आश्रमको लागि पानी शुद्धिकरण मेसिन उपलब्ध गराएको छ ।

स्काई वे वाटर सलुसन प्रालि बालाजुबाट सहयोग स्वरुप प्राप्त भएको पच्चीस हजार मुल्य बराबरको मेशिन बृद्धआश्रमको लागि उपलब्ध गराएको क्लबका अध्यक्ष बैकुण्ठ प्रसाद रिमालले बताए ।

pratik books stationery
trishuli web design in nuwakot


आज एक कार्यक्रमका विच मेशिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्व अध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ नागरिक समाजका महासचिव परशुराम कडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्