१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमाअहिलेसम्म ५२ लाखले लगाए पूर्ण मात्रा खोप

२४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज परीक्षण गरिएका नमुनामध्ये आठ दशमलव ९८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ

यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

यही अवधिमा थप १० जनाले सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ६५ पुगेको छ । 

अहिले नेपालमा २६ हजार ६ सय ३० जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ७५ जनाको आईसीयू र एक सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्