आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती
आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
१९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो ।
भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् ।
प्रतिक्रिया दिनुहोस्