१२ श्रावण २०८१, शनिबार
Logo

पदाधिकारी बिना बन्यो वाइसिएलको केन्द्रिय कमिटी

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। 

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ। केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन्। 

दीपशिखाका अनुसार वाइसिएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले दुई सय ३१ जनामध्ये २३ जना पछि मनोनीत हुनेछन्। 
गत शनिबारबाट सुरु भएको वाइसिएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए। तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्यसमिति राष्ट्रिय भेलाले चयन गरेको हो।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्