१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा सात लाख १२ हजार सात सय १२ जना कोरोना सङ्क्रमण मुक्त

लगातार तेस्रो दिन आज आइतवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६० जना कोरोनाका सङ्क्रमित निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार सात सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर र तीन हजार ३८ जनाको एन्टिजेन गरी १० हजार दुई सय ९७ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ४७ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४२ हजार एक सय ९३ पुगेको छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय १४ पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

अहिले नेपालमा ३५ हजार सात सय ९६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय २५ जनाको आईसीयू र एक सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्