२६ माघ २०८१, शनिबार
Logo

बेलकोटगढी १२ का ३० जना अपाङ्गता भएका नागरिकहरुलाई राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको राहात

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले अपांगता भएका नागरिकहरुलाई खाद्यान्न बितरण गरेको छ ।


शाखाले बुधबार बेलकोटगढी नगरपालिका वडा नं १२ का ३० जना अपाङ्गता भएका व्यक्तिहरूलाई दाल चामल नुन तेल सावुन र माक्स लगाएतका सामग्री वितरण गरेको छ ।
बेलकोटगढी नगरपालीका समाजसेवी तथा नेपाली कांग्रेस नुवाकोट पोर्चुगल सम्पर्क समितिका अध्यक्ष बिमल सिलवालको सहयोगमा अपांगता भएका नागरिकहरुलाई राहात साम्रागी सहयोग गरेको संस्थाका अध्यक्ष भरत प्रसाद दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्