१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा (एकीकृत समाजवादी) जबजका मूल्य, मान्यतामा अगाडि बढ्ने-अध्यक्ष नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।

नेकपा एमालेबाट अलग भएको यस पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । 
यस पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ ।

विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट देशकाे आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै यस पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

पूर्वप्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गर्नुभयो । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम यही भदौ २ गते यस दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ । 

यस पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित एक सय १५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी एक सय ५१ रहनेछ

प्रतिक्रिया दिनुहोस्