१२ श्रावण २०८१, शनिबार
Logo

पवित्र कुण्ड गोसाइँकुण्डमा भक्तजनहरुको भिड ,कोरोना कहरले रोक्न सकेन यात्रीलाई

रक्षा बन्धनको अवसरमा रसुवाको गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचो लागेको छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला स्थगित गरे पनि भक्तजनहरु सो सुचनाले गोसाइँकुण्ड जान रोक्क सकेन ।

जनै पूर्णिमाका लागि पवित्र कुण्ड गोसाइँकुण्डमा स्नानका लागि करिब दुई हजार बढी भक्तजनहरु निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, भौतिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
गोसाइँकुण्डमा मेला स्थगित भए पनि भक्तजनको चाप बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले पनि जानकारी दिनुभयो । उहाँका अनुसार लेक लागेर समस्यामा पर्नेहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्