नुवाकोटमा समाजसेवी जनकराज ढुंगानाले ब्यक्तीगत लगानीमा पुल बनाए ।
नुवाकोट जिल्लाको तारकेश्वर गाउपालीका वडा नं २ निवासी समाजसेवी जनक राज ढुंगानाले नुवाकोटको तारकेश्वर गाउपालीका वडा नं २ को तारुका र धादिङको निलकण्ठ नगरपालीका वडा नं ५ देउरालीखामी जोड्ने खानी खोलामा पुल निर्माण गर्नु भएको छ ।
समाज सेवी ढुंगानाले आफ्ना पिता स्व.युवराज ढुंगाना र आमा रक्मिणीकुमारी ढुंगानाको सम्झनामा ब्यक्तीगत लगानीमा पुल निमार्ण गर्नु भएको हो ।
१३ मिटर लामो पुल निर्माण सम्पन्न गर्न ३ लाख ९० हजार छ सय पचासी रुपैया खर्च भएको ढुंगानाले बताउनु भयो । पुलको ९९ प्रतिशत काम सम्पन्न भएको छ भने भाद्र ७ गते ढुंगानाका बुवाको पुण्य तिथी पारेर बुवाआमाको फोटो राखी बिधीवत उद्धघाटन गर्ने समाज सेवी तथा पुर्व शिक्षक ढुंगानाले जानकारी दिनु भयो ।
समाजसेवी ढुंगानाका अनुसार पुलमा सानो ट्रस निर्माणको कार्य सगैँ पिता स्व.युवराज ढुंगाना र आमा रक्मिणीकुमारी ढुंगानाको फोटो राख्ने काम बाकी रहेको छ । पानी र हावा आउदा हिड्ने यात्रुहरुको सहजताको लागी पुलमा ट्रस निर्माण गर्न लागीएको हो ।
नुवाकोटको तारुका र धादिङको देउरालीखामी ओल्लो पल्लो गाउ हो । धादिङ निलकण्ठ नगरपालीका वडा नं ५ को देउरालीखामी र नुवाकोटको तारुकाका नागरिकहरु सिधै आवत जावत गर्दा खोलाबाट हिड्नु पर्ने बाध्यता थियो । भने पुल तर्न परेमा ५ किलो मिटर घुमाउरो बाटो हिड्नु पर्ने अबस्था थियो । अब खानी खोलामा पुल बने सगै यो समस्या अत्य भएको छ ।
समाजसेवी ढुंगानाले नुवाकोट केउरिनी बजार भएका धादिङका नागरिकहरुलाई बजारको लागी सहज हुने दावी गर्नु भएको छ ।
नुवाकोटको तारुका सगै निलकण्ठ नगरपालीकाका नागरिकहरु केउरीनी बजार आउने मुख्य नाकामा पुल बने सगै देउरालीखामी, पिमल खोला, डाडाँबसा, गैरीबसा,जोगीडाडाँ, धुसेनी कटेनी लगाएत ठाउँका नागरिकहरु सहज रुपमा आवत जावत गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्