१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

स्थानिय नागरिकहरुले हस्तान्तण गरेको जग्गामा तारकेश्वर गाउपालीकाको प्रशासनिक भवन बन्ने


तारकेश्वर गाउपालीकाको प्रशासनिक भवन निर्माणको लागी स्थानियहरुले गाउपालीकालाई निशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानिय नागरिकहरुले आफुहरुले भोगचलन गरि रहेको जमिन पालिकालाई प्रशासनिक भवनको लागी सम्पुर्ण कागजाती प्रकृया पुरा गरी हस्तान्तरण गरेका हुन ।
प्रशासनिक भवन निमार्णको लागी निशुल्क जग्गा दान गर्नेहरुमा तारकेश्वर गाउपालीका वडा नं १ स्थीत रयलछाप निवासी नमराज लामीछाने, धकानन्द भण्डारी, र राजेन्द्र घिमिरे रहनु भएको छ । नमराज लामीछानेले सडकमा रहेको आफ्नो एक रोपनी जमिन पालीकालाई हरुतान्तरण गर्नु भएको हो । लामीछानेले करिब ३२ लाख बराबरको जमिन हस्तान्तरण गर्नु भएको छ । त्यस्तै स्थानिय धकानन्द भण्डारीले करिब १६ लाख बराबरको आठ आना र स्थानिय राजेन्द्र घिमिरेले करिब ६ लाख बराबरको तीन आना २ पैसा जमिन प्रशासनिक भवनको लागी हस्तान्तरण गर्नु भएको तारकेश्वर गाउपालीकाले जानकारी दिएको छ ।
लामो समय देखी जग्गा अभावले प्रशासनिक भवन निमार्णमा बाधा पुगिरहेको समयमा स्थानियले जग्गा उपलब्ध गराए सँगै अब भवन निर्माणको बाटो खुल्ला भएको हो ।

प्रतिक्रिया दिनुहोस्