१२ श्रावण २०८१, शनिबार
Logo

बेलकोटगढीमा पहिरोले पुरीदा एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढीमा पहिरोले पुरीदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालीका वडा नं ५ कालधाराका बिष्णु प्रसाद लामिछाने रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
अबिरल बर्षाका कारणले करेसामा भल भरीदा करेसा खोल्न गएको समयमा घर माथिबाट झरेको पहिरोमा पुरिएर लामिछानेको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । पहिरोले घरमा समेत क्षति पुगेपछि परिवारका अन्य सदस्यलाइ छिमेकीको घरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्