१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरको सबै वडामा माओवादी केन्द्रको नयाँ नेत्रृत्व

माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाको वडा भेला सम्पन्न भएको छ ।
वडा भेलाले वडाको नेत्रृत्व चयन गरेको माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका युवा नेता बच्चुराम रिमालले बताउनु भयो ।
वडा नम्बर १ मा बमबहादुर तामाङलाई इन्चार्जको जिम्मेवारी दिएको छ , भने बिजय तामाङलाई सह–इन्चार्जको जिम्मेवारी दिइएकोछ । । यस्तै तोयानिधि पौडेललाई वडा अध्यक्ष र रमेश बहादुर तामाङले सचिवको जिम्मेवारी पाउनु भएको छ । भने तोयानिधी पौडेलको अध्यक्षतामा २५ जानाको कमिटी गठन भएको छ ।
त्यस्तै वडा नम्बर २ मा अध्यक्षको जिम्मेवारी जनकराज ढुंगानाले पाउनु भएको छ भने राजन श्रेष्ठले सचिवको जिम्मेवारी पाउनु भएको छ । ढुंगानाको नेत्तृतवमा २३ सदस्यीय कमिटी गठन भएको छ ।


यस्तै वडा नम्बर ३ को अध्यक्षमा केशब रिमाल र सचिवमा बद्रि ढुङ्गाना चयन हुनु भएको छ । वडा नं ३ मा रिमालको नेत्रृत्वमा १९ सदस्यीय कमिटी गठन भएको छ ।
वाड नम्बर ४को अध्यक्षमा राममणि घिमिरे र सचिवमा राजन श्रेष्ठ सहित २३ जनाको कमिटी गठन भएको छ ।

वडा नम्बर ५ को अध्यक्षमा सुर्य गजुरेल र सचिवमा भिमबहादुर तामाङ सहित १५ सदस्यीय कमिटी बनाइएको छ ।
त्यस्तै वडा नम्बर ६ को अध्यक्षको जिम्मेवारी राजु रिमाल र सचिवको जिम्मेवारी जितबहादुर तामाङलाई दिइएको छ भने वडा नं ६ मा २५ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रका नेता सोमवहादुर तामाङले जानकारी दिनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्