१२ श्रावण २०८१, शनिबार
Logo

पछिल्लो २४ घण्टामा २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाए

पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख पाँच हजार एक सय ९० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।

थप २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ६० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्