९ माघ २०८१, बुधबार
Logo

नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाघ्याे

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० जना र पाँच हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्