२७ मंसिर २०८१, बिहीबार
Logo

सर्वोच्च अदालतको सेवा कटौती

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले  आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।

बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोराेना महामारीसँग सम्बन्धित् अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

यस्तै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ । काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने सर्वोच्चले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्