१२ श्रावण २०८१, शनिबार
Logo

ओपीडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शय्या (बेड) को अवस्था हेरेर बहिरङ्ग सेवा (‌ओपीडी) तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको मङ्गलवार (आज) बसेको सचिवस्तरीय बैठकले कोरोना सङ्क्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि आवश्यकताअनुसार ओपीडी र शल्यक्रिया सेवा बन्द गर्न निर्देशन दिएको हो ।

अस्पतालको उपलब्ध शय्या, जनशक्ति, कोरोना सङ्क्रमितको सङ्ख्याका आधारमा आकस्मिक बाहेकका सेवा बन्द गर्न मन्त्रालयले भनेको छ । बैठकले कुनै पनि डाक्टर तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने तथा यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न पनि सबै अस्पताललाई निर्देशन दिएको छ ।

यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।  

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्