१२ श्रावण २०८१, शनिबार
Logo

काठमाण्डाै उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वरेण्टीन र हाेम आइसाेलेशनमा बस्नुपर्ने

काठमाण्डाै उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले साेमवार बेलुका एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।  

काठमाण्डाै उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा पालिकाले तोकेको क्वरेण्टीन र होम आइसोलेशनमा बस्नुपर्ने आदेशमा भनिएकाे छ । यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ । 

खाद्य सामग्री र औषधिसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला राख्न पाइनेछ तर ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउनुपर्नेछ । 

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने आदेशमा भनिएकाे छ ।  

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्