१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नारायण पौडेल,सचिवमा डिल्ली रिमाल

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको तेस्रो भेलाले नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन भएको छ ।

माओवादी केन्द्रको तारकेश्वर काठमाडौं सम्पर्क समितिको उपाध्यक्षमा कोमल राज ढुङ्गाना, सचिवमा डिल्ली रिमाल, कोषाध्याक्षमा मधु नेपाली, र सह सचिवमा दीपक अधिकारी चयन हुनुभएको छ ।
त्यस्तै भेलाले तारकेश्वर। गाउपालीकाको छ ओटै वडाको लागि वडा संयोजक छनौट गरेको छ । वडा नम्बर १ को संयोजकमा प्रकाश घिमीरे, वडा नं २ को संयोजकमा रामशरण श्रेस्ठ, वडा नं ३ को लागी रामशरण ढुङ्गाना, वडा नं ४ को लागी दिपंकर श्रेस्ठ, वडा नं ५ मा नबिन गजुरेल र वडा नं ६ को संयोजक नानीराम भट्टराई चयन भएका छन् ।
भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हित बहादुर तामाङ, लगायत पार्टीका जिल्ला तथा गाउँ कमिटी, भ्रातृसंगठन तथा सम्पर्क मञ्चका नेताहरू सहभागी थिए । कार्यक्रमको अध्यक्षता मञ्चका निवर्तमान अध्यक्ष बद्री रिमालले गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्