१२ श्रावण २०८१, शनिबार
Logo

राप्रपा लिखु गाउपालीकाको अध्यक्षमा चिन्नल राई

रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिख् गाउँपालिकाको कार्यसमिति गठन भएको छ ।
चिन्नल राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्षमा धुव्रप्रसाद धिताल, सावित्री पन्त र वावुराम राई रहेका छन् भने सचिवमा गुण वहादुर पौडेल सहसचिव मा राजेन्द्र राई र कोषाध्यक्षमा पुष्प न्यौपाने चयन हुनु भएको छ ।


समितिको सदस्यहरुमा सुरज खतिवडा, विमल थापा, दिपक थापा, मध्सुदन रिसाल, जनकराज पाठक, विक्रम पाण्डे, राधा थपलिया, प्रशान्त नेपाली, जीवप्रसाद लामिछाने, दुर्गा ढकाल, खुलवहादुर थापा, भगवान राई, रामकुमार राई , पदमा कुमारी मल्ल, शिव राई,धुव्र कुमार राई , पदम वहादुर राई, प्रल्हाद ओझा, विष्णु प्रसाद पाठक र आनन्द रिमाल रहेनु भएको छ ।
निर्वाचित कार्य समितिलाई पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्