१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा प्रचण्ड-माधव समुह निकट अखिल नेपाल महिला संघ नुवाकोटको बिरोध प्रद्र्धशन

नेकपा प्रचण्ड माधव समुह निकट अखिल नेपाल महिला संघ नुवाकोटले आइतबार बिरोध र्याली प्रद्र्धशन गरेको छ । अखिल नेपाल महिला संघ नुवाकोटले प्रतिगमन, महिला हत्याहिंसा, बलात्कार बिरुद्ध र संसद पुनःस्थापनाको माग गर्दै आफुहरुले बिरोध प्रर्दशन गरेको बताएको छ ।


गत पौष ५ गते संसद बिघटन प्रधानमन्त्रीको असंवैधानीक कदम प्रति देश अस्थितर र मुटभेडतिर गएको भन्दै अखिल नेपाल महिला संघ नुवाकोटले नेकपाको निर्धारित बिरोध कार्यक्रम अनुसार ¥यालि सहित बिरोध कार्यक्रमको आयोजना गरेको अनेमसंघ नुवाकोटले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपाका केन्द्रिय सदस्य एवं पुर्ब संबिधान सभा सदस्य बिमला सुबेदीले नेपालका ठुला परिवर्तमा महिलाहरुको निर्णायक भुमिका रहेको बताउानु भएको छ । नेतृ सुवेदीले बिगतका आन्दोलनमा महिलाहरुको बलिदानी र योगदानले निरंकुश शासन र सत्ता पत्तासाफ भएको बताउनु भयो । उहाले केपी ओलीको असंबैधानिक कु बिरुद्ध देशभरबाट अनेमसंघ आन्दोलनमा उत्रिएको बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य रमा आले मगरले राष्ट्रपतिमा बिद्या भण्डारीले नेपाली नागरिकहरुको इच्छा बिपरीत काम गरि रहेको आरोप लगाउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले मुलुकमा ताानाशाहको शैलिमा प्रधानमन्त्रि लागेको बताउदै प्रतिगमन बिरुद्ध सबै एकजुट हुनु पर्ने बताउृनु भयो ।
त्यस्तै कार्यक्रममा नेकपा नुवाकोटका सचिब तथा बिघठित प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडालले प्रधानमन्त्रीले जनचाहाना अनुरुप काम गर्न नसकेको बताउनु भयो ।
आइतबार अनेमसंघको र्याली बट्टारबाट सुरु भई जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाए पश्चात नेकपा पार्टी कार्यलयमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्