१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट सुनचाँदी ब्याबसायी संंघको अध्यक्षमा पुनःभिम बज्राचार्य

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा तथा तेस्रो अधिवेशन सनिबार सम्पन्न भएको छ । आज भएको अधिबेशनले पुरानै कार्य समितीलाई निरन्तरता दिदै पुन ः अध्यक्षमा भिम बज्राचार्य सहित १२ जनाको कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितीको उपाध्यक्ष्यमा प्रदिप शाक्य, सचिवमा सविन अमात्य र कोषाध्यक्षमा रमेश विश्वकर्मा निर्विरोध चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा बेगवहादुर सुनार,नन्दकुमार शाक्य, शैलेन्दै बज्राचार्य, राजकुमार सुनार, ईश्वर सुनार,राजु सुनार, सुजन बज्राचार्य र लावस शाक्य चयन हुनुभएको छ । नव निर्वाचित कार्यसमितीका पदाधीकारीहरुले आजै पद तथा गोपनियताको सपथ खाएका छन् ।
नुवाकोट सुनचाँदी व्यवसायी संघमा ३७ जना साधारण सदस्य तथा २ जना एसोसिएट सदस्य गरि ३९ जना सदस्य रहेको नुवाकोट सुनचाँदी ब्याबसायी संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्