१२ श्रावण २०८१, शनिबार
Logo

अपाङ्गता भएका ब्यक्तिहरुलाई बिदुर नगरपालीकाको जनहि १५ हजार सहयोग

उद्यमशिल तथा सिपबिकाश अपाङ्ग संघ नुवाकोटको आयोजनामा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्धि तथा जिविकोपार्जन सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
बिदुर नगरपालीकाको १३ वटै वडाका निलो, पहेलो र सेतो कार्ड प्राप्त अपांगता हरुलाई जिविको पार्जनको लागी आर्थिक सहयोग गरेको आयोजकले बताएको छ ।
बिदुर नगरपालीकाका उपप्रमुख गिता कुमारी दाहाले कार्यक्रमलाई सम्बोधन गर्र्दै अपाङ्गता भएका नागरिकहरुको लालन पालन र स्याहारमा हुने गरेको समस्या समाधानको लागी नगरपालीकाले यो कार्यको थालनी गरेको बताउनु भएको छ ,। गत बर्ष पनि नगरले १९ जना अपाङ्गता भएका नागरिकहरुलाई जिविको पार्जनको लागी आर्थिक सहयोग गरेको र अनुगमनको क्रममा सबैले राम्रो गरिरहेको उहाले बताउनु भयो । आज हस्तान्तरण गरिएको रकमको पनि सदुपयोग गरि काम गर्न उहाँले आग्रह गर्नु भएको छ ।
बिदुर नगरपालीका वडा नं १ का वडा सदस्य तथा उद्यमशिलता शिपबिकाश अपाङ्ग संघ नुवाकोटका कोषाध्यक्ष रुपा थापाले आज १० जना अपांगता भएकाहरुलाई जिबिको पार्जनको लागी सहयोग गरेको बताउनु भएको छ । १० मध्ये ७ जनालाई बाख्रा पालन र ३ जनालाई पसल ब्याबसायको लागी जनहि १५ हजार हस्तान्तरण गरेको बताउनु भयो ।
कोषाध्यक्ष थापाका अनुसार बिदुर नगरपालीकाको आर्थिक सहयोगमा अपांगता भएका स्कुले बालबालिकाहरुलाई छात्रबृद्धिको ब्याबस्था गरिएको र आगामी शैक्षिक सत्रको सुरुमा उक्त छात्रबृत्ति बितरण गरिने छ ।
नगरपालीकाको आर्थिक सहयोग र बहिरा संघको प्राबिधिक सहयोगमा कान नसुन्ने नागरिकहरुलाई यस अघिनै मास्क बनाउने तालिम दिएको बताउनु भयो । कोषाध्यक्ष थापाले नेत्रहिनसंघ नुवाकोटको लागी भवन निर्माणमा नगरपालीकाले सहयोग गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्