१२ श्रावण २०८१, शनिबार
Logo

वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विधामा मानन्धरको रेकर्ड

शुक्रबार नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार ४ घण्टा सम्म स्टेजमा गित गाएर बहालवाला मन्त्रीको कीर्तिमान राख्नुभएको छ ।
बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरले गाउन सुरु गर्नु भएको थियो । कार्यक्रममा उहाले लगातार ५९ वटा गीत गाउनु भएको थियो ।
कार्यक्रममा उहाले राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनु भएको हो ।
उहाले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा आफ्नो आवाज दिनुभएको बताइएको छ ।
वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विधामा मानन्धरको रेकर्ड कायम भएको हो ।

कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्