२९ आश्विन २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

आज पहाडी भेगको मौसम आंशिक बद्ली हुने

अहिले देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।

अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ । यीबाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । राति पनि देशको पहाडी भू-भागमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

pratik books stationery
trishuli web design in nuwakot

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन । यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रमपछि फेरि घटेर ५ दशमलव ६ डिग्री सेल्सियससम्म झरेको थियो । न्यूनतम तापक्रम घटेसँगै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्