१२ श्रावण २०८१, शनिबार
Logo

धादिङको धुनिवेशीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिको खानीखोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ निवासी स्थानिय ८ बर्षीय रितेश तामाङलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको छ । बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका छन् । घटना भएको केहि समयपछि एक तर्फि खुलेको राजमार्ग स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको ईलाका प्रहरी कार्याललय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्