१२ श्रावण २०८१, शनिबार
Logo

पार्किङमा राखेको ट्रकलाई ठक्कर दिँदा नुवाकोटका तीन जनाको मृत्यु

काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो । प्रहरीका अनुसार दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भुपेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्