अस्ताइन दलित मुक्ति आन्दोलनको नेतृ बिन्दा बिक
नेकपा नुवाकोट जिल्ला कमिटी सदस्य,दलित मुक्ति आन्दोलनको नेतृ पंचकन्या गाउपालीका ५ भद्रुटार निवासी बिन्दा बिकको बिहान निधन भएको छ ।
लामो समय देखि क्यान्सर रोगबाट ग्रस्त बिकको पार्थिव शरिरमा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा र बागमती प्रदेश सांसद माननीय बद्री मैनाली लगाएत नेकपा नुवाकोटका थुप्रै नेताहरुद्वारा पार्टीको झण्डा ओडाई सम्मान पश्चात अन्तेष्ठी गरिएको बताइएको छ ।
लामो समय देखी क्यान्सर रोगबाट पिडित बिक शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन । नुवाकोटकी दलित मुक्ति आन्दोलनको नेतृ बिकको आइतबार आफ्नै निवाशमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्