१२ श्रावण २०८१, शनिबार
Logo

गाई भैसी सुत्केरी भत्ता लिन आउनुस् ,- ककनी गाउपालीका

ककनी गाउपालीकाले गाई भैसी सत्केरी भत्ता लिन आम नागरिकहरुको लागी सुचना प्रकाशन गरि जानकारी गराएको छ ।
साउन देखी यता सुत्केरी भएका गाई वा भैसीको सुत्केरी भत्ता लिन आबश्यक कागजात सहित आउन आग्रह गर्दै आइतबार ककनी गाउपालीकाको कृषी शाखाले सुचना प्रकाशन गरेको गाउपालीकाका उपाध्यक्ष सिता खतिवडाले बताउनु भयो ।
उपाध्यक्ष खतिवडाका अनुसार तत्काल सुत्केरी भएका गाई भैसी भए तत्काल कृषकहरुलाई तिन हजार रुपैया प्रदान गरिने र बाकी कृषकहरको घरघरकमा पशुप्राबिधीकको साथमा अनुगमन गरि उपलब्ध गराइने छ । कृषकहरुलाई प्रोत्साहन स्वरुप दिइने गाइ भैसी सुत्केरी भत्ताले कृषकहरुमा हौसाला थपिएको ककनी गाउपालीकाले जानकारी दिएको छ ।
गाई भैसी सुतकेरी भत्ता लिनको लागी कृषकहरुलाई निवेदन , सम्बन्धीत वडाको सिफारिस, कृषकको नागरिकताको फोटोकपी, माउ बच्चाको स्पष्ट देखीने गाई वा भैसीको फोटो सहित आउन कृषकलाई सुचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्