नुवाकोटको बट्टारमा सुलभ फार्मेसी तथा सर्जिकल हाउस संचालनमा

बुधबार देखी नुवाकोटको बट्टारमा सुलभ फार्मेसी तथा सर्जिकल हाउस संचालनमा आएको छ । उक्त फार्मेसीको रिवन काटेर बागमती प्रदेश सांसद हिरानाथ खतिवडाले उद्घाटन गर्नु भएको हो । नुवाकोटका नागरीकहरुलाई सबै प्रकारका औषधी सर्व सुलभ मुल्यमा उपलब्ध गराउने बताइएको छ ।
नुवाकोट सहित रसुवा र धादीङका बिभिन्न औषधी पसलहरुमा औषधी तथा सर्जिकल सामाग्री सुपथ मुल्यमा बितरण गर्ने आयोजकले बताएको छ । नुवाकोटका नागरीहरुलाई आबश्यक पर्ने सबै प्रकारका गुणस्तरीय औषधी नुवाकोटमै सुलभ मुल्यमा उपलब्ध गराउने फार्मेसी संचालकहरुले बताएका छन् ।
सुरुवाती चरणमा औषधी उपलब्ध गराउने र पछि बिभिन्न रोगको बिशेषज्ञ डाक्टर सेवा बिस्तार गर्ने फार्मेसी संचालकहरुले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्