१२ श्रावण २०८१, शनिबार
Logo

भिमेश्वर मन्दिर निर्माण गर्न सांंसद तामाङबाट एक लाख रुपैयाँ सहयोग

चिरञ्जीवी नेपाल, महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटस्थित जीर्ण रहेको भिमेश्वर मन्दिरको पूननिर्माण गर्नको लागि सङ्घीय सांसद बहादुरसिंह लामा तामाङले १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका तामाङले एक कार्यक्रमको बिच मन्दिरको पूननिर्माणको लागि सहयोगार्थ एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । तामाङले व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँको चेक मन्दिर निर्माण समितिका अध्यक्ष सजित भण्डारीलाई शनिवार हस्तान्तरण गर्नुभएको हो । सांसद तामाङले पुनः ५० हजार रुपैयाँ मन्दिर निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वडा दशैँ, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा बेलकोटगढी वडा नम्बर ७ काङ्ग्रेसको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद लामाले ग्रामीण क्षेत्रको मुहार फेर्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले रातमाटेकै नन्दुटारमा निर्माण भइरहेको प्याँगल गाङ गुम्बाको लागि बजेट निकासामा पहल गर्ने र व्यक्तिगत रूपमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गुम्बा निर्माणका लागि ३ रोपनी जग्गा वडा नम्बर ७ का वडा सदस्यसमेत रहनुभएका स्थानीय कालिबहादुर गुरुङले उपलब्ध गराउनुभएको हो । यस्तै स्थानीय समाजसेवी अर्जुन खनालले पनि भिमेश्वर मन्दिर निर्माणको लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पूर्व जिल्ला उपसभापति चोकराज शाक्य, नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश (क) का सभापति एवं बेलकोटगढी नगरका मेयर प्रत्यासी यादव नेपाल, नेपाली काङ्ग्रेस बेलकोटगढी वडा नम्बर ७ का सभापति एवं वडाध्यक्ष हेमनिधि नेपाल र नेपाली काङ्ग्रेस वडानम्बर ७ का सक्रिय व्यक्तित्व रामचन्द्र नेपाल लगायतले स्वास्थ्य सावधानी अपनाएर चाडपर्वहरू मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्