२७ मंसिर २०८१, बिहीबार
Logo

सहिद बासुदेब रिमालको १६ औ स्मृती सभा सम्पन्न

बुधबार सहिद बासुदेब रिमालको १६ औ स्मृती सभा मनाइएको छ । तत्कालिन माओवादी जनआन्दोलनको क्रममा राज्यको तर्फबाट उहाको निर्मतापुर्वक हत्या गरिएको उहाका समकालिन साथीहरुले स्मरण सभामा बताउनु भयो ।

तत्कालिन खड्गभञ्ज्याङ गाउबिकाश समितीका उपाध्यक्ष समेत रहनु भएका रिमाल माओवादी आन्दोलन सुरु भए सगै पदबाट राजिनामा दिएर जनआन्दोलनमा होमिनु भएको उहाका जेठा छोरा राजु रिमालले बताउनु भयो ।
स्मृती सभालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले सहिद बाशुदेव रिमाल स्वस्छ छवी, क्रान्तीकारी र निस्वार्थ भावनाको ब्याक्ती रहेको बताउनु भयो । जनताको न्यायको निम्ती जनताको मुक्ती र स्तन्त्रताको लागी नया जनवादी गणतन्त्र स्थापना गर्नको लागी लड्ने एक कुशल योद्धाको रुपमा पाटीले सम्मान र सम्झना गरि रहेको नेकपा जिल्ला अध्यक्ष खतिवडाले बताउनु भयो । अध्यक्ष खतिवडाले बाशु रिमाल कुशल संगठन ,क्रान्तीकारी अभियान्ता,कुशल राजनिती कर्मीको रुपमा सम्झना गर्न भयो ।


त्यस्तै नेकपा बागमती प्रदेश कमिटी सदस्य पुस्प लामीछाने अरुणले खरो र निर्भिक चरित्रका सहिद बाशुदेव रिमालले जनताको बिकाश र बर्ग संघर्षको लागी पुर्याएको योग दानको अतुलनीय रहेको स्मरण गराउनु भयो ।
तारकेश्वर गाउपाललिकाका अध्यक्ष रमेश बहहादुर वस्तीले बाशुदेब रिमालले शाहदत प्राप्त गरेको ठाउमा बिकाश निर्माणको काम गर्न सकेमात्र सच्चा सम्मान हुने बताउनु भयो । अध्यक्ष वस्तीले तारकेश्वर गाउपालीकाका वडा नं ६ मा सहित बाशुदेव रिमाल स्मृती भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य शुभद्रा नेपाल, जिल्ला सचिवालय सदस्य राजकुमार रेग्मी,रामचन्द्र पौडेल ,राजेन्द्र न्यौपाने , सम्मर बहादुर आलेमगर , बिदुर नगरपालीकाका प्रमुख संजु पडित, तारकेश्वर गाउपालीकाका उपाध्यक्ष तारा देवी रिमाल, नेपाली काँग्रेसका पाटी प्रतिनिधी केशव अर्याल लगाएतले सहित बाशुदेव रिमाल जनताका जनप्रिय ,यथार्थवादी , प्रस्ट बक्ता, क्रान्तीकारी ,परिवर्तनगामी ब्यक्ती रहेनु स्मरण गर्नु भएको छ । सहिद बाशुदेव रिमाल जस्तै हजारौ सहिदको रगत र पसिनाको प्रतिफल संघियता रहेकाले बिचौलीया निरुत्साहि हुने निती तथा कार्यक्रम गरेर देश र जनताको सेवामा लाग्नु पर्ने धारण राख्नु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्