४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

चोरीको आरोपमा नुवाकोटको सहित ५ जनालाई प्रक्राउ

चोरीको आरोपमा नुवाकोटका एक जना सहित महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले ५ जनालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पञ्चकन्या गाउपालीकाका २२ वर्षीय अमृत राई, ,काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र रहेको महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडले जानकारी दिएको छ ।
ताम्राकार कम्प्लेक्समा ७ लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको बताउनु भयो । जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्