१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको बिदुरमा कुकुरहरुको बन्ध्याकरण अधियान सुरु

नुवाकोटको बिदुरमा कुकुरहरुको बन्ध्याकरण अधियान सुरु भएको छ । बिदुर नगरपालीकाको आर्थिक तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर “नार्क”को प्राबिधिक सहयोगमा शुक्रबार बाट अभियान सुरु गरिएको छ ।
नगरपालीकामा सडकमा छाडा छोडिएको कुकुरहरुको संख्या अत्याधिक बृद्धि भए पछि बन्ध्याकरणबाट संख्या न्युनिकरण गर्न लागीएको बिदुर नगरपालीकाका प्रमुख संजु पंडितले बताउनु भयो । प्रमुख पंडितका अनुसार केही बर्ष अगाडी मारेरे नियन्त्रण गर्ने गरेकोमा अहिले बन्धाकरणको माध्यमबाट कुकुरहरुको नियन्त्रण गर्न लागीएको हो । सडकमा छाडिएका भुस्याहा कुुकुरहरुको बन्धयाकरण गर्न नगरपालीकाले प्रतिकुकुर ३ हजार रुपैया खर्च लाग्ने बताइएको छ ।
नगरवासीलाई सुरक्षती बनाउन यो अभियान सुरु गरीएको नगरपालीकाले बताएको छ । नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर “नार्क”ले बिदुर नगर पालीकाकाको बिभिन्न वडा तथा बस्तीबाट कुकुहरु नियन्त्रणमा लिगी बध्याकरण अभियान शुक्रबार बिहान बाट सुरु गरेको छ । यो अभियामा २ सयवटा कुकुरहरुको बन्ध्याकरण गरिने छ । समुदायमा अन्य कुकुरहरु फेला परेमा थप कुकुरहरुको पनि बन्याकरण गरिने बताइएको छ ।
त्यस्तै नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर “नार्क” का आनन्द दाहालले कुकुर हैन रेबिज मारौँ भन्ने आफुहरुको अभियान रहेको हुदा समुदायमा अलपत्र रहेका र रेबिज रोग फैलाउने यी छाडा कुकुरहरुको बन्ध्याकरण नै सबै भन्दा प्रभावकारी निती रहेको बताउनु भयो । उहाले कुकुरको बन्धयाकरण सगै रेविज बिरुद्धको खोप पनि लगाइने बताउनु भएको छ । नेपालमा कुकरको टोकाइएका कारण १४ बर्ष भन्दा कम उमेरका बालबालीका बढी प्रभावित हुने गरेको छन् । कुल ब्याक्ती मध्ये ४० प्रतिशत १४ बर्ष भन्दा कम उमेरका ब्याक्तीमा कुकरको कारणले रेबिज भएको एक अध्ययनले देखाएको नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर “नार्क” ले बताएको हो ।
यो अभियान असोज १५ गते देखी असोज २३ गते सम्म बिदुर नगर पालीकाको कार्यलयमा संचालन हुने बताइएको छ ।
कार्यक्रममा बिदुर नगरपालीकाका उपप्रमुख गिता कुमारी दाहाल, वडा नं १ का अध्यक्ष लेलिन रंजित, प्रमुख प्रशासकिय अधिकृत सुदेव पोखरेल, जन सम्पर्क अधिकृत रामहरी अधिकारीको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्