२८ कार्तिक २०८१, बुधबार
Logo

दुइपिपलका पहिरो पिडीतलाई खाद्यन्न र घर बनाउन जस्ता

नेपालका लागी शिक्षा र स्वास्थ्य नामक एक सामाजिक संस्थाले बेलकोटगढी नगरपालीका दुइपिपलका १५ घर परिवारलाई खाद्यन्न तथा घर बनाउन चाहिने सामान सहयोग गरेको छ ।
बुधबार दुइ पिपलको डबलीमा शिक्षा र स्वास्थ्य कार्याक्रमका अध्यक्ष जगत बहादुर लामाले प्रति परिवार १० हजार रुपैया र २ बन्डल जस्ता घर बनाउन सहयोग गर्नु भएको छ । समाजसेवी लामाले बिस्तापित परिवारलाई खाद्यन्न , ओड्ने कपडा ,बैशाखी समेत हस्तान्तरण गर्नु भएको छ । उहाले प्रतिघर परिवार २ बोरा चामल नुुन तेल , दाल लगाएतका खाने कुरा हस्तान्तरण गर्नुभएको हो । बिपदका बेला नागरकहरुको सहयोगमा जुट्नु नै धर्म रहेको भन्दै सबैले पिपदका समयमा एक अर्कालाई सहगोग गर्न आबश्यक रहेको अध्यक्ष तामाङले बताउनु भयो । सस्थाले बुधबार नै स्थानिय बिभिन्न ९ वटा संघ सस्था तथा क्लब समुहहरुलाई बिरामी बोक्ने स्टेचर समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेकपा बेलकोटगढीका अध्यक्ष प्रेम बहादुर तामाङ, जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष बुद्धीमान तामाङ, युवासंघ नुवाकोट इनचार्ज प्रकाश तामाङ “सुरज” ,वडा सदस्य दिपेन्द्र थापा मगर , नेता दिपक अधिकारी , युवा नेता प्रकाश रिजाल, कामरुदेवी माध्यमिक बिद्यालयका प्रध्यानाध्यपक बिष्णुलाल श्रेष्ठ लगाएतले प्राकृतिक प्रकोप तथा बिपद्धीमा परेकोलाई सहयोग गर्ने प्रेरणा अध्यक्ष तामाङको सहयोगबाट मिल्ने धारणा राख्ुन भयो ।

प्रतिक्रिया दिनुहोस्