१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा थप २ जनामा कोरोना पुष्टी, ४ जना निको भए ।

नुवाकोटमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेका विदुर नगरपालिकाका ३३ र ३४ वर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।
यसैगरी, मंगलवार नुवाकोटका ४ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३ जना र किस्पाङ गाउँपालिकाका एकजना कोरोनालाई जितेर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका २७, ३० र ५९ वर्षिय पुरुष र किस्पाङ गाउँपालिकाका २३ वर्षिय पुरुष कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यससँगै अहिलेसम्म कोरोनामुक्त भएर घर फर्किने व्यक्तिहरुको संख्या नुवाकोटमा एकसय १६ जना पुगेका स्थास्थ्य कार्यालयका सुचना अधिकारी खनालले जिल्ला खबरलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्