घरपालुवा तथा सडकका छाडा कुकुरलाई निशुल्क रेविज बिरुद्धको खोप लगाएर विश्व रेविज मनाइयो

पशु सेवा बिज्ञ केन्द्र नुवाकोटले १४ औँ विश्व रेविज दिवसको अबसरमा घर पालुवा तथा छाडा छाडिएका कुकुरहरुलाई खोप लगाएको छ । १४ औँ विश्व रेविज दिवस “रेविजको अन्त्यः सहकार्य र खोप” भन्ने मुखय नाराका साथ असोज १० गते शनिवार देखी १३ गते मंगलवार सम्म ढुङ्गेमा रहेको पशु सेवा बिज्ञ केन्द्रको कार्यलयमा घरपालुवा तथा सडकका छाडा कुकुरलाई निशुल्क रेविज बिरुद्धको खोप लगाएर मनाइएको छ ।
खोप असोज १३ गते बेलुका ५ बजे सम्म लगाउने कार्यलयले जनाएको छ । आफ्ना घरमा पालीएका कुकुर र सडकमा छाडिएका कुकुरहरुलाई यो खोप लगाइ यो अभियान सफल बनाई रेबिजको अन्त्य गर्न सहयोग गर्न पशु सेवा बिज्ञ केन्द्र नुवाकाटले सबैमा आग्रह गरेको छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन कार्यलयले अनुरोध गरेको छ । रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
रेबिजका कारण ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन् ।।
रेबिज सङ्क्रमित जनावरले टोक्दा र्यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्क सम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिने स्वास्थय बिज्ञहरुले बताउदै आएकाछन् ।
त्यस्तै रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले यो दिवश आज नेपालमा मनाउने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्