२४ जेष्ठ २०८०, बुधबार
Logo
final gp koirala advert

उद्योग बाणिज्य संघका माहासचिव अधिकारीले संचालन गरेको जालपा देवी चिउरा भुजिया उद्योग मापदण्ड बिपरित संचालन भैरहेको खुलासा ।

जिल्ला प्रशासन कार्यलय नुवाकोटको र बिभिन्न कार्यलयहरुले सोमबार बिदुर नगरपालीका वडा नं ५ देबीघाट बजारमा रहेको ३९ वटा पसलमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा नुवाकोटमा लामो समय देखी संचालनमा रहेको नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका महासचिव कृष्ण अधिकारी प्रोपाइटर रहेको जालपा देवी चिउरा भुजिया उद्योगमा उत्पादन मिती नै नभएका सामानहरु बिक्री बितरण भैरहेको अनुगमन टोलीले बताएको छ ।

जालपादेवी चिउरा भुजिया उद्योग देबिघाटमा उत्पादन हुने गरेको चिउरा र भुजियाको बोरामा “बेष्ट बिफोर सिक्स मन्थ ” अर्थात उत्पादन मितीले ६ महिना सम्म उपभोग गर्न मिल्ने लेखिएको छ तर उत्पादन मिती भने उल्लेख गरिएको छैन । उत्पादित चिउरा भुजामा लेबल, ब्याच नं र पर्ने मुल्य समेत निर्धारण नगरी बिक्री बितरण भैरहेको पाइएको छ । अनुगमनको सुइको पाउना साथ उद्योगका कामदारहरुलाई नक्कली छाप लगाएर प्रशासनको आखामा छारो होल्ने प्रयास समेत गरेको छ । उत्पादन सामाग्रीमा अनुगमन टालेलीले उत्पादन मिती र ब्याच नं हुनु पर्ने भने पछि हतार हतार कागजमा लगाउने छाप बोरामा छापेर बसको भेटिए पछि अनुगमन टोलीले १५ दिनको अल्टीमेटम दिएको हो । नुवाकोट उद्योग बाणिज्य संघले ब्याबसायीहरुलाई ब्याबसाय परामर्श तथा संचालनमा सहजता प्रदान गर्ने अनेक काम गरिरहेका बेलामा बर्षैा देखी संचालनमा रहेको माहासचिवको उद्योगले यस्तो हर्कत गर्नुमा उनले आफ्नु पदको उपयोगको साटो दुरुपयोग गरिरहेको अनुगमन टोलीका एक सदस्यले बताए ।
जालपादेवी चिउरा भुजाले हाल सम्म पनि खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलयबाट अनुज्ञा पत्र नलिगी उद्योग संचालन गरि रहेको भेटिएको छ । अबको पन्ध्र दिनमा अनुज्ञापत्र लिगी माप दण्ड अनुसारको खाद्य बस्तु उत्पादन नगरेमा कानुनी कारबाहीमा जाने खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख नमराज श्रेष्ठले बताउनु भयो । आजका मितीले १५ दिन भित्र कानुनी प्रकृया पुरा गरि उत्पादीत बस्तुमा ब्याच नं , उत्पादीत मिती ,मुल्य निर्धारण र अनुज्ञा पत्र लिगी काम नगरेमा खाद्य ऐन अनुसार २ बर्ष देखी ५ बर्ष सम्म कैद सजाए हुने प्रमुख श्रेष्ठले बताउनु भयो ।
त्यस्तै अनुगमनको क्रममा अनुगमन टोलीले बजारमा म्याद गुज्रिएको पेय पदार्थ , खाद्यन्न फेला पारे पछि ब्याबसायीहरुलाई सम्झाइ बुझाई अबका दिनमा यस्तो नगर्न प्रतिबद्धता गराएको छ । अुनुगमनको क्रममा ब्याबसायीहरुले दर्ता नगरी ब्यासाय संचालन गरेको , भेटेरीनरीहरुमा बिषादी र पशु चौपायहरुको लागी औषधी एकै ठाउमा राखेर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यलय नुवाकोटका शाखा अधिकृत दयाराम पौड्यालले जानकारी दिनु भयो । शाखा अधिकृत पौड्यालले यो पहिलो चरणको अनुगमन भएकाले सम्झाइ बुझाई गरी १५ दिन भित्र कानुनी प्रकृया पुरा गरी ब्याबसाय संिचालन गर्न अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्