१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

नेपालमा कोरोना सङ्क्रमित ७३ हजार तीन सय ९४, ५३ हजार आठ सय ९८ डिस्चार्ज

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार एक सय २३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ८५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।  

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्