१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका २४ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम

नुवाकोट जिल्लाका २४ वटा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको छ ।
“एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६” मा उल्लेख गरिएको मापदण्ड अनुुसार स्थानीय तहबाट छनौट तथा सिफारिस भएका विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।
वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुसार एक स्थानीय तह दुई माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्न लागिएको हो ।
सामाजिक विकास मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकमा नुवाकोटका २४ बिद्यालय रहेका छन् जसमा विदुर नगरपालिकाको महेन्द्र माध्यामिक विद्यालय, र चन्द्रज्योती मध्यामिक विद्यालय, वेलकोटगढी नगरपालिकाको निरन्जना माध्यामिक विद्यालय र शक्ति माध्यामिक विद्यालय, दुप्चेश्वर गाउँपालिकाको कौकेश्वरी र गोल्फुभञ्ज्याङ माध्यामिक विद्यालय, म्यागङ गाउँपालिकाको देउराली माध्यामिक विद्यालय र भूमेदेवि माध्यामिक विद्यालय, ककनी गाउँपालिकाकोे नवजीवन माध्यामिक विद्यालय र शिवालय माध्यामिक विद्यालय छनौटमा परेका छन् ।
त्यस्तै शिवपुरी गाउँपालिकाकोे जनज्ञान निकेतन माध्यामिक विद्यालय र भूमेदेवी माध्यामिक विद्यालय, किस्पाङ गाउँपालिकाको साल्मे माध्यामिक विद्यालय र ज्ञानज्योती माध्यामिक विद्यालय, लिखु गाउँपालिकाकोे क्षेत्रपाल माध्यामिक विद्यालय र महेन्द्र महेशदेव माध्यामिक विद्यालय रहेको छ ।
त्यस्तै गरी तारकेश्वर गाउँपालिकाको दाङसिङ माध्यमिक विद्यालय र शंखादेवी माध्यामिक विद्यालय, सूर्यगढी गाउँपालिकाकोे गणेस माध्यामिक विद्यालय र कालिका माध्यामिक विद्यालय, पञ्चकन्या गाउँपालिकाको कालिका माध्यामिक विद्यालय र उदयजालपा माध्यमिक विद्यालय , तादी गाउँपालिकाको सुन्दरादेवी माध्यामिक विद्यालय र अमरज्योती माध्यामिक विद्यालय छनौटमा परेको समाजिक विकास मन्त्रालयलले सार्वजनिक गरेको सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्