२५ कार्तिक २०८१, आईतवार
Logo

तस्करीले तस्कर गर्ने, जनप्रतिनीधी सघाउने , अनि जनतालाई के ?- उपाध्यक्ष खतिवडा

सोमबार जिल्ला समन्वयन समितीको आयोजनामा नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय समन्वय बैठकमा सबै जनप्रतिनीहरुको एक मत रही रहदा ककनी गाउपालीकाको उपाध्यक्ष सिता खतिवडा लामाको भने सबैको भन्दा फरक मत रहेको छ । उहाले खानी उत्खननले जनताले सास्ती मात्र खेप्नु परेको बताउनु भयो । गाउ बस्ती र खेती योग्य जमिनको तल तिर उत्खनन्ले स्थानियमा बाढी र पहिरोको त्रास बढेकोले तत्काल यस्ता कार्य रोक्न आबश्यक रहेको उहाले बताउनु भयो ।
“तस्करीले तस्कर गर्ने, जनप्रतिनीधी सघाउने , अनि जनतालाई के ? बाढी पहिरो, धुलो र धुँवा मात्र, यो मापदण्ड बिपरितको कार्य जिल्लामा रोकिनु पर्छ । ” उहाले पोहोर मात्र २ जनाको ज्यान गएको स्मरण गराउनु भयो । आफुहरुको स्वार्थकोलागी ति गरिव जनतालाई अन्याय गर्न नमिल्ले उहाले बताउनु भयो ।
“नुवाकोटमा नदी दोहन भैरहेकै छ । स्थानिय सरकारले रोक्न सकेन” , “किन मुख दर्शक बन्दैछ , स्थानिय सरकार” उपाध्यक्ष खतिवडा लामाले कार्यक्रममै प्रश्न गर्नु भयो । एक दुइ जना खुसी पार्ने र आफुले फाइदा लिने नाममा जिल्लामा तस्करीलाई आफुले बढवा दिन नसक्ने उहाको भनाइ थियो । अबैध रुपमा खानी उत्खनन भैरहेकाले कृषकले खाने बाली लगाउन र भित्र्याउन नसकिरहेको अबस्थामा तस्करी मोटाउने काम कुनै पनि जनप्रतिनिधीले गरे जनताको श्राप लाग्ने उपाध्यक्ष खतिवडा लामाले बताउनु भयो ।
उपाध्यक्ष खतिवडा लामाका अनुसार आफु खानी उत्खनन र उद्योगको बिरोधी नरहेको भन्दै मापदण्ड अनुसार संचालन गर्ने सके राज्य र स्थानिय नागरिकहरु सबैको हित हुने छ । अब स्थानिय सरकारले बाताबरणीय प्रभाव मुल्यांकन गरेर मापदण्डको आधारमा टेण्डर प्रकृया मार्फत काम अगाडी बढाउनु आबश्यक रहेको उपाध्यक्ष खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्