१२ श्रावण २०८१, शनिबार
Logo

रक्तचन्दन तस्कर गरेको आरोपमा नुवाकोटका २ सहित ४ जना पक्राउ

रक्तचन्दन तस्कर गरेको आरोपमा नुवाकोटका २ सहित ४ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा किस्पाङ गाउँपालिका–५घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने १८ वर्षीय सुनिल तामाङ, मेघाङ गाउँपालिका ५ घर भएका तीनचुली नै बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भएका ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भई तीनचुली बस्ने ४२ बर्षिय लाक्पा लामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले काठमाडौ तीनचुलीस्थित बुद्धभूमि टोलमा रहेको डमरु कारखानाबाट १६ किलो र ५ किलोका दुई वटा रक्तचन्दनका गोलिया बरामद गरेको जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसार ४ जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ

प्रतिक्रिया दिनुहोस्