१२ श्रावण २०८१, शनिबार
Logo

“२१ औ शताब्दीको जनवाद” र “जनताको बहुदलिय जनवाद” नेपाली जनताको पुँजी हो । – अध्यक्ष खतिवडा

संविधान दिवसको अवसर पारेर मदन भण्डारी फाउन्डेसन जिल्ला कार्य समति नुवाकोट शाखाले चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवम बाग्मति प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले “२१ औ शताब्दीको जनवाद” र “जनताको बहुदलिय जनवाद” नेपाली जनताको पुँजी रहेको बताउनु भयो । उहाले यी २ बिचार र शिद्धान्त मिलेर राजतन्त्रको अन्य र नया संबिधानको प्राप्ती भएकाले यस बिचारको सदैव सम्मान गर्नु पर्ने बताउनु भयो । संबिधानले प्रत्याभुत गरेको सबै अधिकार जनतामा प्रदान गर्न नसकिएको अध्यक्ष खतिवडाको भनाई रहेको छ । पाटीका सबै तहका ब्यक्तीहरुको साथ र समर्थनले मात्र ती अधिकार कार्यन्वयनमा सहज हुने भएकाले गुटगत राजनितीमा नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नु भयो ।


बाग्मति प्रदेशसभाका सदस्य केशव पाण्डेका अनुसार तत्कालिन माओवादी केन्द्रले सुरु गरेको आन्दोलन अहिले सिंगो नेकपाको संम्पति हो । तत्कालिन माओवादी केन्द्रले गाउगाउबाट सुरु गरेको आन्दोलनले सबै बर्ग ,धर्म जातजाती , भाषभाषीको प्रतिनिधीत्व भएकाले पनि नेपालको संबिधान उत्कृष्ठ रहेको बाग्मति प्रदेशसभाका सदस्य पाण्डले बताउनु भयो । उहाले मदन भण्डारीको जबजको शिद्धान्त र तत्कालिन नेकपा माओवादी केन्द्रको आन्दोलनका कारण मुलुक सुहाउदो संबिधान निर्माणमा सफल भएको बताउनु भएको हो । उहाले बिश्वकै उत्कृष्ठ संबिधानको रुपमा नेपालको संबिधान रहेकाले अब सहि तरीकाले कार्यन्वयनमा लागु गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै बाग्मति प्रदेशसभाका सदस्य बद्रि मैनालिले कार्यक्रममा बाग्मति प्रदेशसभाका सदस्य बद्री मैनालीले मदन भण्डारीको बिचार र शिद्धान्तलाई अनुसरण गर्न आबश्य रहेका बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्