२९ माघ २०८१, मंगलवार
Logo

सांसद मैनाली जनता सगै छन् ,सुख दुःखमा

नेकपा नुवाकोटका नेता तथा बागमती प्रदेशसभा सदस्य बद्रि मैनालीले बिहीबार सूर्यगढीगाउपालीका वडा नम्बर ४ का अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरेका छन् । बोन क्यान्सरबाट पीडित गिरीको अहिले उपचार भैरहेको छ ।


प्रदेशसभा सदस्य बद्रि मैनाली आफु निर्वाचित भए यता जनताकै सेवामा तल्लिन रहेको पाइन्छन् । उनी नुवाकोटका जनताका लोकप्रिय नेताको रुपमा परिचित छन् । नुवकोटमा हुने हरेक सामाजिक काममा उनको कुनै न कुनै रुपमा योगदान रहेको पाइन्छ ।
उनले आफु निर्वाचिन भए पछि आफुले प्राप्त गर्ने तलव भत्ता नुवाकोटे नागरिकको सुख दुखमा खर्च गर्ने बताएका थिए ।

उनले बिद्यालय,जेष्ठ जेष्ठनागरिक , अपांगता भएका नागरिकहरुलाई आर्थिक सहयोग गर्ने गरेका छन् । घातक रोगका कारण उपचार अभावमा रहेका नागरिहरुको लागी उनले आर्थिक सहयोग र हौशला प्रदान गर्दै आइरहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्